सोमबार, वैशाख २८, २०८३

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

 |  शुक्रबार, चैत २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०८२

National life

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराएका हुन्।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुन् भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजै उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेका थिए।

प्रकाशित: Apr 10, 2026| 20:58 शुक्रबार, चैत २७, २०८२
प्रतिक्रिया दिनुहोस्