शुक्रबार, चैत २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

 |  शुक्रबार, चैत २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २७, २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिएका छन्।

National life

शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले निर्माण भएका कानुनहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।
उनले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो अर्थमा सम्मान हुने उल्लेख गरे।

उनले भने, ‘जनताको चाहाना पूरा गर्न संसदले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ। निर्माण भएको कानुनको पनि प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिने छ भन्ने विश्वास दिलाउन चाहन्छु। न्यायपालिकाबाट छिटो, छरितो स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमुल्य जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति साँचो अर्थमा सम्मान हुनेछ।’

राष्ट्रपति पौडेलले नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको बताए।

उनका अनुसार जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना चाहेका छन्। साथै, देशभित्रै रोजगारी सिर्जना र सामाजिक–आर्थिक विकासप्रति जनताको अपेक्षा रहेको उनले बताए।

kumari

राष्ट्रपतिले पछिल्लो समय युवा पुस्ताबाट भएको आन्दोलनले पनि यिनै भावना र चाहनाहरू प्रकट गरेको उल्लेख गर्दै सरकारलाई जनताको अपेक्षा अनुरूप काम गर्न आग्रह गरे।

उनले भने, ‘नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको छ। यसले संघीय लोकतन्त्र गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास ,सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको छ। जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र तथा तहमा भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना, मुलुकभित्रै रोजगारीको अवसर,सामाजिक आर्थिक विकासको आकांक्षा राखेका छन्। पछिल्लो पटकको युवा पुस्ताको आन्दोलन मार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो।’

प्रकाशित: Apr 10, 2026| 16:51 शुक्रबार, चैत २७, २०८२
प्रतिक्रिया दिनुहोस्