बिहीबार, चैत २६, २०८२

हाजिरी जमानीमा रिहा भए ओली र लेखक

 |  बिहीबार, चैत २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०८२

काठमाडौं- प्रहरी हिरासतमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)  का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन्।

National life

काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताए। 

गत भदौमा भएको जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा नेपाल प्रहरीले अध्यक्ष ओलीलाई उनको निवास भक्तपुरको गुण्डु र लेखकलाई उनको निवास कटुञ्जेबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो।

अध्यक्ष ओलीलाई उपचार लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा राखिएको थियो। यसबीचमा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप भई उहाँहरुलाई हिरासतमा राखिएकामा सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा पछिल्लो थपिएको म्याद अनुसन्धान पूरा गरी मुद्धा दर्ता गर्न वा रिहा गर्न आदेश भएको थियो। 

अध्यक्ष ओली र नेता लेखकका श्रीमतीहरु क्रमशः राधिका शाक्य र यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

kumari

प्रकाशित: Apr 09, 2026| 14:24 बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्