मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरि‌दै

प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरि‌दै

 |  बिहीबार, चैत २६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २६, २०८२

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार हुने निर्वाचनको उम्मेदवारी दर्ता बिहीबार हुने भएको छ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि बिहीबार दिउँसो २ बजेसम्मको समय तोकिएको हो। 

प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार दिउँसो साढे २ बजे उम्मेदवारीको सूचना प्रकाशन गर्ने उल्लेख छ।

संविधानमा सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र दलको हुनुपर्ने व्यवस्था भएकाले संसदको सबै भन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पाउने छैन।

तर उसैले समर्थन गर्ने दलबाट उपसभामुख हुने निश्चित छ। प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्। 

उपसभामुखमा एमाले बाहेकका सबै दलहरुले दावी गरिरहेका छन्।

प्रकाशित: Apr 09, 2026| 09:06 बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्