बुधबार, चैत २५, २०८२

पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजुविरुद्ध पक्राउ पुर्जी जारी

 |  बुधबार, चैत २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत २५, २०८२

National life
kumari

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएपछि अनुसन्धानका लागि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ। हाल उपचारका लागि हङकङमा रहेका उनीहरूमाथि सम्पत्तिको स्रोतबारे छानबिन अघि बढाइएको हो।

जेन–जी आन्दोलनका क्रममा देउवानिवासमा भएको आगजनी र तोडफोडपछि ठुलो रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। उक्त रकमको स्रोत र संकलन प्रक्रियाबारे प्रश्न उठेपछि केही समयदेखि छानबिनको माग बढ्दै आएको थियो।

प्रकाशित: Apr 08, 2026| 14:14 बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्