मंगलबार, साउन १२, २०८३

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर

 |  मंगलबार, चैत २४, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो। मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ। हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले रहेका थिए। 

त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ। सुरुको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा थिए।

हाल १५ सदस्यीय मन्त्रिपरिषद्मा १५ औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहेका छन्।

हेरफेरपछि यस्तो छ मर्यादाक्रम

प्रकाशित: Apr 07, 2026| 13:16 मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्