सोमबार, चैत २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

 |  सोमबार, चैत २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०८२

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन गरिरहेको बताएका छन्।

National life

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तथ्यांक संकलनमा अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाएको जाकारी दिए। साथै तुरुन्तै नेपाल आउनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरेर सहजिकरण गरिसकेको उनले बताए।

उनले भने, ‘परराष्ट्र मन्त्रालय तथ्यांक संलन गरिहेको छ। अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाउनुभएको छ। यो पछिल्लो केही दिन उताबाट आउने फोनहरुको संख्या पनि घट्दै गएको छ तर पनि तुरुन्तै नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर हामीले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरेर सहजिकरण गरिसकेको छौं।’

उनका अनुसार नेपाल एयरलाइन्स मार्फत मध्यपूर्व क्षेत्रमा उडान सहज बनाइएको छ। साथै र दुबईमा नियमित उडान सुरु भइसकेको छ भने साउदी अरब लगायतका क्षेत्रमा पनि थप उडान व्यवस्थापनका प्रयास भइरहेको छ।

द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी तथा आर्थिक क्षेत्रमा प्रभाव परेको भन्दै सरकारले अध्ययनका लागि कार्यदल गठन गरेको पनि उनले जानकारी दिए।

kumari

प्रकाशित: Apr 06, 2026| 16:13 सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्