सोमबार, चैत २३, २०८२

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

 |  सोमबार, चैत २३, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०८२

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुँदैछ।

National life

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा भएको बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। हिजो ओली र लेखकका तर्फबाट वकिलहरूले बहस गरेका थिए।

गत भदौमा भएको जेनजी आन्दोलको घटनाबारे गठित जाँचबुझ आयोगको सिफारिसअनुसार ओली र लेखकमाथि अनुसन्धानका लागि प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। उनीहरूमाथि प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।

पक्राउ विरुद्ध ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले चैत १५ गते बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दायर गरेका थिए।

प्रकाशित: Apr 06, 2026| 08:44 सोमबार, चैत २३, २०८२
प्रतिक्रिया दिनुहोस्