मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

केएमसी पुगेर गृहमन्त्री गुरुङले लिए जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

 |  शुक्रबार, चैत २०, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०८२

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन्। 

उहाँले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन्।

चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन्। साथै निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरे।

प्रकाशित: Apr 03, 2026| 11:15 शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्