मंगलबार, चैत १७, २०८२

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

 |  मंगलबार, चैत १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०८२

काठमाडौं- सङ्घीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ।

National life

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १:०० बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको  सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २:०० बजे सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन्। सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २:०० बजे हुँदैछ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ। प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ।
 

प्रकाशित: Mar 31, 2026| 13:05 मंगलबार, चैत १७, २०८२
प्रतिक्रिया दिनुहोस्