आइतबार, चैत १५, २०८२

ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै 

 |  आइतबार, चैत १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०८२

काठमाडौं- जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ।

National life

शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन। आज भने दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ।

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा हेलचेक्य्राइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले ओली र लेखकलाई दोषी देखाउँदै तीनदेखि १० वर्षसम्म कैद सजायको सिफारिस गरेको थियो। गौरीबहादुर कार्की नेतृत्वको उक्त जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले उनीहरूलाई शनिबार बिहान पक्राउ परेको थियो।

प्रकाशित: Mar 29, 2026| 08:06 आइतबार, चैत १५, २०८२
प्रतिक्रिया दिनुहोस्