सोमबार, जेठ २५, २०८३

सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल

 |  शुक्रबार, चैत १३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०८२
National life
Shivam cement

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिभा रावल नियुक्त भएकी छन्।  
   
आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।
   
रास्वपाबाट समानुपातिक प्रणालीमा महिला ‘क्लस्टर’ बाट उनी सांसद निर्वाचित भएकी थिइन्।
    
रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा कार्यक्रम निर्माताका रूपमा काम गरेकी थिइन्। उक्त टेलिभिजनमा रवि लामिछानेको समूहमा काम गरेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि राजनीतिमा आबद्ध छिन्।  
   
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा जन्मिएकी रावलले  स्नातक तहसम्म अध्ययन गरेकी छन्। एक दशकभन्दा बढी समय पत्रकारिताको अनुभव बटुलेकी रावलले लामिछानेको निजी सचिवालयमा समेत जिम्मेवारी सम्हालेकी थिइन्।

प्रकाशित: Mar 27, 2026| 13:34 शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्