सोमबार, जेठ २५, २०८३

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

 |  सोमबार, चैत ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०८२

काठमाडौं। संघीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन गर्ने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालय व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।

National life

दलहरूको सांसद संख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्ट्याइएको छ। अधिकांश स्थानमा रङरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ।

यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा ठूलो कक्ष दिइएको छ। सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ।

यसअघिका कार्पेट, पर्दा र अधिकांश फर्निचर पुनः प्रयोग गरिएको छ। थोरै नयाँ थपिएको छ। खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कबिन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका निम्ति गरेको आग्रहअनुसार कार्य गरिएको कर्मचारी बताउँछन्।

बैठक हलसँगै पदाधिकारीका निम्ति थप पाँच कक्ष समेत तयार पारिएको छ।

Shivam cement

रास्वपाले यसअघि प्रयोग गर्दै आएको भवनमा भने अरू दलको कार्यालय व्यवस्थापन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ। ती कक्षमा रङरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)लाई भने साबिककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ। सांसद संख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, यो व्यवस्थापन अल्पकालीन भए पनि बैठक सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन्। रासस

प्रकाशित: Mar 23, 2026| 16:55 सोमबार, चैत ९, २०८२
प्रतिक्रिया दिनुहोस्