बुधबार, साउन १३, २०८३

कांग्रेसद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

 |  सोमबार, चैत ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो।

बैठकले सभापति गगन कुमार थापाले पेश गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्नुका साथै निर्वाचनबारे प्रारम्भिक समीक्षा गरेको थियो।

भोलि बस्ने बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने बताइएको छ।

प्रकाशित: Mar 23, 2026| 15:37 सोमबार, चैत ९, २०८२
प्रतिक्रिया दिनुहोस्