आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय परिचयपत्रमार्फत सेवा एकीकृत, दैनिक ६–८ हजार नागरिक लाभान्वित

राष्ट्रिय परिचयपत्रमार्फत सेवा एकीकृत, दैनिक ६–८ हजार नागरिक लाभान्वित

 |  आइतबार, चैत ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०८२

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय, ललितपुरको अवलोकन गरेका छन्। मन्त्री अर्याल नेतृत्वको टोलीले कार्यालयको सेवा प्रवाह, नागरिकलाई प्रदान गरिँदै आएका सेवाहरू तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यप्रणालीको निरीक्षण गरेको हो।

National life

अवलोकनका क्रममा उनले सूचना प्रविधिको युगअनुसार नागरिकलाई सहज, छरितो र झन्झटरहित सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। विगतमा एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा फरक–फरक फाराम भर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत सेवा प्रवाह सुरु गरिएको उनले उल्लेख गरे।

यसअघि सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता (प्रि–एन्रोलमेन्ट) फाराम भरी जैविक (बायोमेट्रिक) विवरण दिन सम्बन्धित इकाइमा उपस्थित हुनुपर्ने व्यवस्था थियो। यसले समय र लागत बढाएको थियो। तर अहिले गृह मन्त्रालयले केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता कायम गरेपछि प्रि–एन्रोलमेन्ट फाराम भर्नु नपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार हाल १२ वटा सार्वजनिक सेवासँग अन्तरआवद्धता भइसकेको छ। यसबाट दोहोरो काम घटेको, राज्यकोषमा बचत भएको तथा आर्थिक र सामाजिक अपराध नियन्त्रणमा समेत सहयोग पुगेको जनाइएको छ। राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा व्यक्तिको पहिचान र प्रमाणीकरण गरी नागरिकका वैयक्तिक तथा जैविक विवरण प्रयोग गरेर प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गरिएको छ। यसले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

गृह मन्त्रालयका अनुसार हाल दैनिक करिब ६ हजारदेखि ८ हजारसम्म सेवाग्राही यस प्रणालीबाट लाभान्वित भइरहेका छन्। मन्त्री अर्यालले यसलाई सार्वजनिक सेवा सुधारतर्फको महत्वपूर्ण उपलब्धि र ऐतिहासिक कदमका रूपमा उल्लेख गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 22, 2026| 15:21 आइतबार, चैत ८, २०८२
प्रतिक्रिया दिनुहोस्