आइतबार, चैत १, २०८२

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस

 |  आइतबार, चैत १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०८२

काठमाडौं। सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।

National life

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने।

त्यस्तै जेनजी आन्दोलनको क्रममा भएको घट्ना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले ग्रहण गर्ने पनि निर्णय भएको छ।

प्रकाशित: Mar 15, 2026| 17:30 आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्