बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समानुपातिक उम्मेदवारबारे निर्णय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवारबारे निर्णय गर्न रास्वपाको सचिवालय बैठक बस्दै

 |  आइतबार, चैत १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०८२

काठमाडौं- समानुपातिक सांसदको टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार बिहान १० बजे बस्दैछ।

पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय चःमतिमा बस्ने प्रवक्ता मनिष झाले बताए। 

‘पार्टी सभापतिको निर्देशानुसार पार्टी सचिवालयको बैठक आइतबार बस्ने तय भएको छ,’ झाले भने। 

उनका अनुसार आजको बैठकको दुइटा कार्यसूची छ। बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२को समानुपातिक उम्मेदवार सिफारिस गर्ने उनले बताए। त्यस्तै निर्वाचन परिणाम, सरकार गठन लगायत विषयमा पनि छलफल हुने रास्वपा नेताहरूले बताएका छन्।

रास्वपा सचिवालय बैठक शनिबार दिउँसोका लागि तय भए पनि अन्तिम समयमा आजका लागि सारिएको थियो।

प्रकाशित: Mar 15, 2026| 07:12 आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्