काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १११ क्षेत्रमा विजयी भएको छ। आज बिहान १२:०० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।
निर्वाचन आयोगका अनुसार हालसम्म १४३ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ। नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी हुनुभएको छ भने २ स्थानमा अग्रता लिएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्। श्रम संस्कृति पार्टीका १ जना उम्मेदवार विजयी भएका छन् भने तीन २ उम्मेदवार अग्रस्थानमा छन्।