बुधबार, साउन १३, २०८३

सिरहा-१ मा रास्वपाका गुप्ता निर्वाचित

 |  आइतबार, फागुन २४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २४, २०८२

सिरहा- सिरहा  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनले ४१ हजार ३३३ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी नौ हजार ७८४ मत ल्याएका थिए। नेकपा (एमाले)का रामशङ्कर यादवले सात हजार ८६६ मत प्राप्त गरे। यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले दुई हजार ८५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन्। 

नवनिर्वाचित सांसद गुप्ता निवर्तमान युवा तथा खेलकुदमन्त्री थिए।

प्रकाशित: Mar 08, 2026| 12:00 आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्