बुधबार, साउन १३, २०८३

हुम्लामा कांग्रेसका रोकाया विजयी

 |  आइतबार, फागुन २४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २४, २०८२

हुम्ला- प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गरे।

यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरे। हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो।

प्रकाशित: Mar 08, 2026| 07:23 आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्