बुधबार, साउन १३, २०८३

सर्लाही-४ मा गगनलाई हराउँदै अमरेश सिंह निर्वाचित

 |  आइतबार, फागुन २४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २४, २०८२

सर्लाही- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही  ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्नु हुँदा उनको निकटतम  नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाएका छन्। रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका छन्।

नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए।

एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो।

प्रकाशित: Mar 08, 2026| 07:03 आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्