बुधबार, साउन १३, २०८३

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

 |  शनिबार, फागुन २३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २३, २०८२

काठमाडौं। प्रतिनिधि सभा सदस्यमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजय भएका छन्।

शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए। यस्तै,कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका शान्तिलाल महत ४ हजार ५१८ मत प्राप्त गरे।

देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा भने रास्वपाका विनिता कठायतले जम्मा ४०१ मत मात्र ल्याएकी छन्।

प्रकाशित: Mar 07, 2026| 20:01 शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्