मंगलबार, जेठ २६, २०८३

'रास्वपाको जित जनभावनाको सम्मान'

 |  शनिबार, फागुन २३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २३, २०८२

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डिल्लीराज भट्टले पार्टीको जितलाई जनभावनाको सम्मान भएको बताएका छन्।

National life

रास्वपा क्षेत्र धनगढी क्षेत्र नम्बर ५ का नेता भट्टले धनगढीमा कार्यकर्तामाझ सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन शाह र सिंगो पार्टी पंतिको जितलाई जनभावनाको सम्मान भएको बताएका हुन्।

'राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा रवि र बालेन एकअर्काका परिपूरक हुन्। रविको अनुभव र राजनीतिक समझदारी, बालेनको जोश, जनताप्रतिको निष्ठा र सक्रियताले पार्टीले नयाँ उचाइ लिने छ। दुई पक्ष सँगै हुँदा मात्र हाम्रो पार्टीले जनताको वास्तविक विश्वास र अपेक्षा प्रतिनिधित्व गर्नेछ,' उनले भने।

जनताले विश्वास गरेर परिवर्तनको घन्टी बजाएकोमा पार्टीले त्यो विश्वासलाई अटुट राख्नुपर्ने बताएका उनले बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी केवल राजनीतिक संगठन मात्र नभइ जनताको आवाज भएको उनले बताए।

Shivam cement

प्रकाशित: Mar 07, 2026| 15:59 शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्