बुधबार, साउन १३, २०८३

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

 |  शनिबार, फागुन २३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २३, २०८२

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा  हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी हुनुभएको छ।  

निर्वाचन आयोगका अनुसार काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएका छन्। साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी हुन्। दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी भएका छन्।
 
जारी मतगणनामा रास्वपाकी सोविता गौतम (चितवन–३), डा. तोसिमा कार्की (ललितपुर–३), इन्दिरा रानामगर (झापा–२), निशा डाँगी (झापा–१), नीतिमा भण्डारी (कार्की) (सर्लाही–१), आशिका तामाङ (धादिङ–१), पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरीकुमारी (महोत्तरी-४)मा अग्रस्थानमा हुनुहुन्छ।
 
आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ। प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल तीन हजार ४०६ मध्ये महिला उम्मेदवार ३८८ जना थिए।

प्रकाशित: Mar 07, 2026| 14:33 शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्