सङ्खुवासभा- सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ। जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।
जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका सुरु गरिएको छ। दिउँसो १२:१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो।
दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका सडकमार्ग हुँदै मतपेटिका सङ्कलन गरिएको हो। मतगणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था छ। मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।