मंगलबार, जेठ २६, २०८३

दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

 |  शनिबार, फागुन २३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २३, २०८२

दार्चुला- दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। 

National life

हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ।

हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सात हजार ४९ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का उम्मेदवारले छ हजार ६४२ मत प्राप्त गरेका छन्। यससँगै कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको छ। सुरुदेखि नै यी दुई दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५६ मत प्राप्त गरेको छ। अन्य दलतर्फ नेकपा (तारा) ले ५६४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)ले २२५ मत पाएको छ।

स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले पनि केही मत प्राप्त गरेका छन्। प्राप्त विवरणअनुसार गिलास चुनाव चिह्नका उम्मेदवारले १९ मत, हसिया आठ मत, गुलाब ४९ मत, मोबाइल १८ मत, मादल तीन मत र खुकुरी तीन मत प्राप्त गरेका छन्।

Shivam cement

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी रहेको छ। बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम कसको पक्षमा जाने भन्ने विषयमा सर्वसाधारण र राजनीतिक दलहरूबीच चासो बढेको छ। 

प्रकाशित: Mar 07, 2026| 08:59 शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्