शनिबार, फागुन २३, २०८२

झापा-५ मा बालेन शाहको भारी अग्रता, केपी ओली २५ हजार मतान्तरले पछाडि

 |  शनिबार, फागुन २३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २३, २०८२

National life
Laxmi sunrise bank
kumari

झापा- झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार  बालेन्द्र शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले उक्त मत प्राप्त गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले ९ हजार ६७ मत प्राप्त गरेका छन्। उनी एमालेका अध्यक्ष समेत हुन्। 

यसैगरी, श्रम संस्कृति पार्टीका समीर तामाङले ५ हजार ६४५ मत, नेपाली कांग्रेसकी उम्मेद्वार मन्धरा चिमरियाले ९७४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ८६२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ७७९ मत प्राप्त गरेको कार्यालयले जनाएको छ।

प्रकाशित: Mar 07, 2026| 08:53 शनिबार, फागुन २३, २०८२
प्रतिक्रिया दिनुहोस्