मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

भद्रपुर (झापा)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन्।

National life

पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ५१७, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ तथा नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन्। शाहले ओलीलाई १० हजार ६४३ मतले पछि पारेका छन्।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ९५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका देउकुमार थेवेले ९२४ मत प्राप्त गरेका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गरेका छन्। पाठकले लिङ्देनलाई चार हजार ३४० मतले पछि पारेका छन्। यस क्षेत्रमा श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले दुई हजार ४६३ मत प्राप्त गरेका छन्।

Shivam cement

निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर १० हजार ४४३ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गरेका छन्। उनीहरूबीच आठ हजार ७४० मतान्तर रहेको छ। यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले एक हजार ३५७ तथा नेपाली कांग्रेसकी सरिता प्रसार्इंले ९०९ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी सात हजार ९४३ मतसहित अग्रस्थानमा रहेका छन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार ९३४ तथा नेकपा (एमाले)का रामचन्द्र उप्रेतीले एक हजार ६७१ मत प्राप्त गरेका छन्।

प्रकाशित: Mar 06, 2026| 20:43 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्