शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन्।

National life

गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने अवस्था आउन सक्ने बताएका छन्। उनले सरकारको लक्ष्य निष्पक्ष र सुदृढ चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा गुणस्तरीय भएको दाबी गरे।

उनले भने, ‘यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने प्रत्याभूति दिएको छ। यदि यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो। अब हामीले निष्पक्ष निर्वाचन सम्पन्न गर्यौं। यसपालि गुणस्तरीय र सुदृढ चुनाव भएको छ।’

निर्वाचनको क्रममा हिंसात्मक झडप हुन सक्ने स्थानमा समयमै सुरक्षा व्यवस्था कडा बनाइ नियन्त्रण गरिएको पनि उनले जानकारी दिए। ‘एक–दुई ठाउँबाहेक ठूलो हिंसात्मक घटना भएन, हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर नियन्त्रणमा राख्यौं,’ उनले भने।

यसअघि धेरै ठाउँमा मतदान स्थगित हुने र पुनः मतदान गराउनुपर्ने अवस्था आउने गरेको उल्लेख गर्दै उनले यसपटक भने देशभर एकैचोटि मतदान सम्पन्न भएको र कतै पनि स्थगन गर्नुपर्ने अवस्था नआएको बताए।

Laxmi sunrise bank
kumari

गृहमन्त्री अर्यालले यस्तो अभ्यासबाट राजनीतिक सुशासनका मानकहरू अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले भविष्यमा आउने सरकारले पनि यी मानकहरू कायम राख्ने अपेक्षा गरिएको बताए।

अर्यालले थपे, ‘सबैलाई थाहा छ, यसपालि एक थोपा रगत पनि खस्न सकेन। हाम्रो सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपा खसिएको छैन। निर्वाचनको क्रममा पनि हिंसात्मक झडपहरू लगभग नभएका हुन् र जहाँ हुन खोजेका थिए, त्यसलाई रोक्दै नियन्त्रणमा राखियो। यसरी देशभरि एकैचोटि मतदान सम्पन्न भयो र स्थगनको अवस्था छैन।’

प्रकाशित: Mar 06, 2026| 15:11 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्