बुधबार, साउन १३, २०८३

कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

महेन्द्रनगर- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगाण्नाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन्।
    
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी एक हजार ८३० मतसहित अग्रस्थानमा छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले) का उम्मेदवार तारा लामा तामाङले एक हजार ५१९ मत प्राप्त गरेका छन्। यहाँ कुल ६१ हजार ७४ मत खसेको थियो।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायमै छ। उनले चार हजार २६८ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साउँदले एक हजार ५२५ मत ल्याएका छन्। कञ्चनपुर–२ मा ६४ हजार ८८१ मत खसेको थियो।

यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्रसिंह महता एक हजार २०४ मतसहित अग्रस्थानमा छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ४४८ मत ल्याएका छन्। सो क्षेत्रमा कुल ५८ हजार ३६१ मत खसेको थियो।

प्रकाशित: Mar 06, 2026| 14:25 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्