शुक्रबार, फागुन २२, २०८२

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

National life
Laxmi sunrise bank
kumari

दाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता रहेको छ। निर्वाचन क्षेत्र नं १ मा १२ हजार ४०७ मतगणना गर्दा रास्वपाका देवराज पाठक सात हजार ३७० मत प्राप्त गरेका छन्। 

यहाँ नेपाली कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार २२९, नेकपा (एमाले) का रेवतीरमण शर्माले ७८९ र नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ८४६ मत प्राप्त गरेका छन्। 
 
यसैगरी, क्षेत्र नं २ मा तीन हजार ९१५ मतगणना हुँदा रास्वपाका विपिनकुमार आचार्यले दुई हजार ४२९ मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७, नेकपा (एमाले) का शङ्कर पोखरेलले ५३८ र नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन्। 
    
यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ मा तीन हजार ८४ मतगणना हुँदा रास्वपाका कमल सुवेदीले एक हजार ५४० मत प्राप्त गरेका छन्। यहाँ नेपाली कांग्रेसका दिपक गिरीले ८८१, एमालेका घनश्याम पाण्डेयले ३८५ र नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ११९ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। 

प्रकाशित: Mar 06, 2026| 14:16 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्