मुस्ताङ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मत प्राप्त गरी विजयी भएका छन्।
निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईन्द्रधार ढाडु विष्टलाई एक हजार ५०४ मतान्तरले पछि पार्दै उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमाले उम्मेदवार विष्टले एक हजार ८०३ मत प्राप्त गरे। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कमला लालचनले १६१, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ (टाईगर)ले १५१, उज्यालो नेपाल पार्टीका डा सुरेन्द्र शेरचनले ८५, आम जनता पार्टीका उम्मेदवार अजय विकले नौ मत र मङ्गोल नेशनल अर्गानाईजेशनका उम्मेदवार यमबहादुर गुरुङले तीन मत प्राप्त गरेका छन्।
मुस्ताङका पाँच स्थानीय तहका ३९ मतदान केन्द्रमा ११ हजार ३२८ मतदाता रहेकामा हजार २९८ मत अर्थात् (५६ प्रतिशत ४७) प्रतिशत मत खसेको थियो, जसमध्ये १०७ मत बदर भएको छ।