बुधबार, साउन १३, २०८३

पर्सा-३ को मतगणना सुरु, रास्वपाका चौरसियाको अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

पर्सा- पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ। 

निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार यहाँ २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले एक हजार ५१ मत ल्याएर अग्रता लिएका छन्।  यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले ७७१, नेकपा (एमाले) का रूपेशकुमार पाण्डेले २३८ मत प्राप्त गरेका छन्। 

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १४ र स्वतन्त्र नौ गरी २३ जना उम्मेदवार रहेका छन्। यस क्षेत्रमा ९६ हजार पाँच सय ४२ मतदातामध्ये प्रत्यक्षतर्फ ६७ हजार ५०४ मत खसेको थियो।

प्रकाशित: Mar 06, 2026| 12:54 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्