बुधबार, साउन १३, २०८३

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना विजयी

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं- काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित भएकी छन्। उनी १५ हजार ४५५ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ।

न्यौपानेले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रबल थापालाई भारी मतान्तरले पछि पारेकी हुन्। थापाले ६ हजार ३६४ मत ल्याएका छन्। 

यसअघिका निर्वाचनमा कडा टक्कर दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए। चौथो स्थानमा रहेका नेकपा एमालेका मोहन रेग्मीले १ हजार ६१८ मत ल्याए।

प्रकाशित: Mar 06, 2026| 11:19 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्