मंगलबार, जेठ २६, २०८३

काठमाडौं ७ र १० मा रास्वपाको अग्रता

 |  शुक्रबार, फागुन २२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २२, २०८२

काठमाडौं-  काठमाडौँ निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ।

National life

सो पार्टीका उम्मेदवार गणेश पराजुलीले चार हजार ६७७ मतसहित अग्रता लिएका हुन्।

निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ७२० मत प्राप्त गरेको छ।

यसैगरी, काठमाडौँ–१० मा सोही पार्टीका प्रदीप विष्टले पाँच हजार ७६५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताए।

यसैगरी, नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ७८ मत प्राप्त गरेको छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गरेका छन्।

Shivam cement

प्रकाशित: Mar 06, 2026| 08:17 शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्