कैलाली- कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका जनक चौधरीले ३ सय ४८ मतले अग्रता लिएका हुन्।
१ हजार १ सय ६४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २ सय ४१ मत ल्याएका छन्। रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टी नेपालले उनलाई समर्थन गरेको थियो।
त्यस्तै रास्वपाकी कोमल ज्ञवालीले पनि २ सय ४१ मत ल्याएकी छन्।
चौथो स्थानमा रहेका नेकपाका रामलाल डंगौराको ९९ मत छ भने पाँचौँ स्थानमा रहेका एमालेका द्वारिका न्यौपानेले ६८ मत ल्याएका छन्।