मंगलबार, जेठ २६, २०८३

निर्वाचनका दिन अधिकांश स्थानमा मौसम सफा रहने

 |  बुधबार, फागुन २०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २०, २०८२

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ।

National life

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको ‘निर्वाचन विशेष मौसम बुलेटिन–२’ अनुसार फागुन २० गतेदेखि २२ गतेसम्म उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिने जनाएको छ।

विभागका अनुसार निर्वाचन अवधिभर देशका अधिकांश भूभागमा मौसम सामान्यतया स्थिर रहनेछ। तर, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा फागुन २० गते एक/दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

ती क्षेत्रमा फागुन २१ गते आंशिक बदली रहने र २२ गते पुनः एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

मधेश प्रदेशका तराई क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा भने तीनै दिन मुख्यतया सफा मौसम रहने उल्लेख गरिएको छ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना भए पनि तराई क्षेत्रमा मौसम सफा रहनेछ।

Shivam cement

विभागले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण जारी राख्ने जनाएको छ। साथै, सम्बन्धित निकाय तथा आम सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरेको छ।

प्रकाशित: Mar 04, 2026| 15:33 बुधबार, फागुन २०, २०८२
प्रतिक्रिया दिनुहोस्