बुधबार, फागुन २०, २०८२

मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

 |  बुधबार, फागुन २०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २०, २०८२

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन्।

अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए।

उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने तथा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ। देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति दिइएको उनको भनाइ छ।

उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन्। सबै सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन्। जतिखेर जे आवश्यक पर्छ परिआएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्नेगरी देशभरी नै पूर्ण रुपमा नै अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ।’

उनले निर्वाचनका लागि आवश्यक सबै सामग्री सम्बन्धित स्थानमा पुगिसकेको पनि स्पष्ट पारे। मतदानपछिको मतपेटिका नेपाली सेनाले लैजाने भन्ने चर्चा सत्य नभएको उल्लेख गर्दै उनले एकीकृत सुरक्षा योजनाअनुसार मतदान सम्पन्न भएपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृतमार्फत नै ल्याइने बताए।

kumari

यद्यपि मतपेटिका ढुवानीका क्रममा असुरक्षा महसुस भएमा नेपाली सेनाको सवारी साधनले सुरक्षा स्कर्टिङ गर्न सक्ने उनले जानकारी दिए।

उनले भने, ‘निर्वाचनका लागि चाहिने सबै सामाग्री सबै ठाउँ पुगिसकेको छ। मतदानपछिको मतपेटिका नेपाली सेनाले लिने भन्ने जुन भाष्य सिर्जना भएको छ यस्तो होइन। एकीकृत सुरक्षा योजनामै स्पष्ट लेखिएको छ, मतदान भइसकेपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ। त्यतिखेर पनि मतदान अधिकृतले ल्याउने हो, सेनाले होइन। तर मतपेटिका ल्याउँदा असुरक्षा भयो भने नेपाली सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ।’

भोलि अर्थात् फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

प्रकाशित: Mar 04, 2026| 11:58 बुधबार, फागुन २०, २०८२
प्रतिक्रिया दिनुहोस्