मंगलबार, जेठ २६, २०८३

नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित

 |  आइतबार, फागुन १७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १७, २०८२

काठमाडौं। नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बिपी) पार्टी औपचारिक रूपमा समाहित भएको छ। आइतबार काठमाडौंमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी कांग्रेसमा  कांग्रेस (बिपी) समाहित भएको घोषणा गरिएको हो। 

National life

कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ।

परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै जारी वक्तव्यमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त निर्णय गरिएको जनाइएको छ। 

कांग्रेसले विशेष महाधिवेशनमार्फत ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने सङ्कल्प अघि सारेको सन्दर्भमा एकीकरणको निर्णय गरिएको सहमतिपत्रमा उल्लेख छ।

कांग्रेस (बिपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ। समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सङ्गठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ।

Shivam cement

प्रकाशित: Mar 01, 2026| 20:17 आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्