मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

 |  आइतबार, फागुन १७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १७, २०८२

काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको विषयमा ध्यानाकर्षण गराएको छ। कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटगरी निर्वाचन आचारसंहिता पालना गराउन ध्यानाकर्षण गराएको हो। 

National life

कांग्रेसले अझै केही राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको, आयोगले राष्ट्रिय झण्डाको प्रयोगका सम्बन्धमा गरेको निर्देशनविपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाका आधारमा दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेकामा आयोगको ध्यानाकर्षण गराएको हो।

“कांग्रेसले प्रतिस्पर्धामा विश्वास गर्छ, विगतमा जस्तै भविष्यमा पनि नेपाली जनताले सुम्पिएको हरेक अभिभारालाई निष्ठा र इमानदारीपूर्वक बहन गरी लोकतन्त्र, संविधान, मानव अधिकारको संरक्षण र सम्वद्र्धनका निम्ति प्रतिबद्ध रहेको छ, यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा केही दलले स्वच्छ प्रतिस्पर्धा गर्नुको सट्टा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसार गरिरहेका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भइरहेका छन्। यसतर्फ पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ”, प्रवक्ता चालिसेले आयोगलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग आचारसंहिता उल्लङ्घनका घटना न्यूनीकरण गराउन उच्च प्राथमिकताका साथ लागेको बताए। यसका लागि धेरैलाई कारबाही गरिएको, नगद कारोबारप्रति आयोगले शून्य सहनशीलताको नीति लिएको पनि उनले उल्लेख गरे। 

राष्ट्रिय झण्डाको दुरुपयोग न्यूनीकरण र भौतिक चुनाव चिह्नको प्रयोगका सन्दर्भमा पनि आयोगले गम्भीरतापूर्वक नियालिरहेको, सरोकारवालालाई ध्यानाकर्षण गराइएको पनि कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले बताए।

Shivam cement

प्रकाशित: Mar 01, 2026| 17:22 आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्