आइतबार, फागुन १७, २०८२

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

 |  आइतबार, फागुन १७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १७, २०८२

काठमाडौं। संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन्।

यद्यपि इरानका कुनै पनि आधिकारिक निकायले अझैं सम्म खामेनीको मृत्युबारे पुष्टि वा खण्डन गरेका छैनन्। इरानी अधिकारकर्मी तथा पत्रकार माइस एलिनेजाडले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै “के म सपना देखिरहेकी छु ? नयाँ संसारलाई नमस्कार” भन्दै इरानभित्रै केही मानिसहरूले खुसीयाली मनाइरहेको दृश्य सार्वजनिक गरेकी छन्।

अर्को स्वनिर्मित भिडियोमा उनले हरेक बिहान आफ्ना नागरिकहरू खामेनीका कारण मारिएको खबर पढ्दै उठ्ने गरेको उल्लेख गर्दै यसपटक भने “जीवनकै पहिलोपटक राम्रो खबर पाएँ” भन्दै खुसी व्यक्त गरेकी छन्। यसअघि निर्वासित इरानी युवराज रेजा पहलाभिले खामेनीको मृत्युपछि इरानीहरूलाई एकजुट भई “स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमण” को समर्थन गर्न आह्वान गरेका थिए।

उनले वर्तमान शासनले उत्तराधिकारी नियुक्त गर्ने कुनै पनि प्रयास सुरुदेखि नै असफल हुने दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै पहलवीले खामेनीलाई “रक्तपिपासु शासक” को संज्ञा दिँदै उनको मृत्यु सँगै इस्लामिक गणतन्त्रको अन्त्य नजिकिएको टिप्पणी गरेका छन्।

साथै, सेना, सुरक्षा निकाय र प्रहरीलाई जनताको पक्षमा उभिन आग्रह गर्दै पतनउन्मुख शासन जोगाउने प्रयास असफल हुने चेतावनी दिएका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल टुथ सोसलमा पोस्ट गर्दै खामेनीको मृत्यु भएको दाबी गरेका छन्। उनले यसलाई “इरानका जनताका लागि मात्र नभई विश्वभर पीडित भएका मानिसहरूका लागि न्याय” भनेका छन्। ट्रम्पले इजरायलसँगको सहकार्यमा अत्याधुनिक गुप्तचर संयन्त्रमार्फत खामेनीलाई लक्षित गरिएको उल्लेख गर्दै मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म सघन तथा सटीक बमबारी जारी रहने चेतावनी दिएका छन्।

kumari

तर इरानका आधिकारिक स्रोतहरूले खामेनीको अवस्थाबारे कुनै स्पष्ट जानकारी नदिएका कारण स्थिति अझै अन्योलपूर्ण बनेको छ। यदि मृत्यु पुष्टि भएमा शासनले उत्तराधिकारी नियुक्त गर्ने वा नगर्ने र यस घटनाले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यतर्फ लैजाने वा नलैजाने भन्ने प्रश्न अझै खुला नै रहेको छ। एएनआई

प्रकाशित: Mar 01, 2026| 08:51 आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्