बुधबार, वैशाख २, २०८३

मधेशमा पाँच वर्षभित्र व्यापक परिवर्तन हुने सभापति थापाको दाबी

 |  शनिबार, फागुन १६, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १६, २०८२

सर्लाही। नेपाल कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्षभित्र मधेशका दलित तथा विपन्न घरपरिवारको बस्तीमा उल्लेखनीय परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

National life

सर्लाहीको ईश्वरपुर वडा नं ६ बयलबास बजारमा चुनाबी सभालाई सम्बोधन गर्नु हुदै उनले चुनावी प्रतिस्पर्धामा हिडिरहदा मधेका दलित तथा विपन्न परिवारमा हरेको बस्ती अबको पाँच वर्षमा पुर्ण रुपमा परिवर्तन हुने दाबी गरे।

सर्लाहीको दलित तथा विपन्नको अवस्था हेर्दा यस्तो होला भन्ने आफूले कल्पना समेत नगरेको थापाले बताए। त्यस्तै उनले मधेशको शिक्षा, कृषि र रोजगारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको पाँच वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे। ‘मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,’ उनले भने।

यसैगरी कृषि क्षेत्रमा देखिएको मलखाद अभाव र बिचौलियाको समस्याबारे बोल्दै थापाले अब किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने बताउनुभयो। बिचौलिया हटाएर पारदर्शी वितरण प्रणाली लागू गरिने उनको भनाइ छ।

kumari

यसै क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित टिप्पणी गर्दै ‘हावा हुण्डरीमा एकछिन अडिक हुन’ मतदातासँग आग्रह गरे। २०६४ सालमा पनि यस्तै राजनीतिक लहर आएको तर अपेक्षित उपलब्धि हासिल नभएको उल्लेख गर्दै अहिले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने उनको दाबी गरे।

थापाले परिवर्तनका लागि सबै राजनीतिक शक्तिको सहकार्य आवश्यक रहेको बताउँदै नेपाली कांग्रेस, नेकपा एमाले, अन्य कम्युनिस्ट तथा मधेसवादी दलहरूको सहयोग आवश्यक पर्ने धारणा राखे। संविधान संशोधनमार्फत संरचनात्मक सुधार नगरी दीगो परिवर्तन सम्भव नहुने उनको भनाइ थियो।

देशको समग्र विकासबारे बोल्दै थापाले ‘कांग्रेसको मुद्दा देशलाई पाँच वर्षमा तीव्र गतिमा बिना दुर्घटना अघि बढाउनु हो’ भने।

२०४६ सालपछि भएका राजनीतिक गतिविधि र व्यक्तिहरूको छानबिन गरिने दाबी गर्दै उनले छानबिनको सुरुआत आफू र पार्टी सभापतिबाटै हुने बताए।

नेपालमा ५ लाख युवामा ५० हजारले मात्र रोजगारी पाएको छ। बाकी साढे ४ लाखलाई पाँच वर्षमा प्रत्येक वर्ष ५० हजार युवाले रोजगारी पाउने थापाले दावी गरे।
युवाहरूमा पुराना पार्टीप्रति असन्तुष्टि रहेको स्वीकार गर्दै थापाले विचार र नेतृत्वमा परिवर्तन ल्याएर युवामैत्री कांग्रेस निर्माण गरेको दाबी गरे। ‘युवाको विचारअनुसार बदलिएको कांग्रेसलाई मतदान गर्न म आग्रह गर्छु,’ उनले भने।

प्रकाशित: Feb 28, 2026| 16:03 शनिबार, फागुन १६, २०८२
प्रतिक्रिया दिनुहोस्