मंगलबार, जेठ २६, २०८३

कैलाली-४ मा १० युवा कांग्रेसमा प्रवेश, आनन्द बिष्टले गरे स्वागत

 |  शुक्रबार, फागुन १५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १५, २०८२

अत्तरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’को समर्थनमा जनलहर बढ्दै गएको छ।

National life

बिष्टले चुनाबी घरदैलोलाई तीव्रता दिइरहँदा उनको पक्षमा व्यापक जनलहर देखिएको हो। आज गौरीगंगा नगरपालिका–३ झिलका १० जना जेनजी युवा कांग्रेसमा प्रवेश गरेका छन्।

झिलको वासुदेवमा आयोजित विशेष भेटघाट कार्यक्रमबीच सम्पन्न कार्यक्रममा नवप्रवेशीहरूलाई बिष्टले पार्टीमा स्वागत गरेका छन्। कांग्रेस रोज्नेमा खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशी रहेका छन्।

a543944c-d111-44f3-ab90-f542033fa514-1772180528.jpg
उनीहरूलाई उम्मेदवार बिष्टले टीका र खादा लगाएर कांग्रेसमा स्वागत गरेका हुन्। त्यसक्रममा बिष्टले युवाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ हुने र विकास तथा समृद्धिको यात्रामा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे।

नवप्रवेशी युवाहरूले पनि क्षेत्र नम्बर ४ मा शिक्षा, रोजगारी, पूर्वाधार र पारदर्शी नेतृत्वका लागि स्पष्ट एजेन्डासहित अगाडि बढिरहेका बिष्टप्रति आफूहरूको विश्वास बढेकाले आकर्षित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले ‘रूख’ चिन्हमा मतदान गरी बिष्टलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Shivam cement

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित: Feb 27, 2026| 14:07 शुक्रबार, फागुन १५, २०८२
प्रतिक्रिया दिनुहोस्