शुक्रबार, फागुन १५, २०८२

एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन : विश्वप्रकाश शर्मा

 |  शुक्रबार, फागुन १५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १५, २०८२

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एउटा हिरोका कारण फिल्म चलेपनि देश नचल्ने बताएका छन्। अहिलेको संकट समाधान गर्न कांग्रेसले मात्रै सक्ने र त्यसका लागि सक्षम र विज्ञहरूको ‘उत्कृष्ट टीम’ सहित सरकारको नेतृत्व गर्ने उनको जिकिर छ।

National life

उनले भने, ‘प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो हैन, देश विकासका लागि सिंगो टीम आवश्यक पर्नेछ। एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन।’

उनले थपे, ‘देश बनाउन सशक्त र सक्षम टीम चाहिन्छ। त्यो टीम कांग्रेसले बनाएर अघि बढ्छ” पश्चिमनवलपरासीमा बिहीबार आयोजित चुनावी सभामा संबोधन गर्दै शर्माले ‘गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौँ।

उनको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टीमले सरकारको नेतृत्व गर्छ।

प्रकाशित: Feb 27, 2026| 09:48 शुक्रबार, फागुन १५, २०८२
प्रतिक्रिया दिनुहोस्