बिहीबार, फागुन १४, २०८२

निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति

 |  बिहीबार, फागुन १४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १४, २०८२

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर सवारी सञ्चालनमा नियन्त्रण लागू हुने भए पनि पर्यटक आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले विशेष अनुमति प्रणाली लागू गरिएको छ।

National life

निर्वाचन आयोग नेपालले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनका दिन पर्यटक बोक्ने सवारी साधनले कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

आयोगले यसलाई सुरक्षा व्यवस्थापन र पर्यटन सेवाबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान नियमित रूपमा सञ्चालन हुने भएकाले विमानस्थलबाट होटल वा गन्तव्यसम्म पर्यटक पु¥याउन सवारी सञ्चालन आवश्यक हुन्छ। यही आवश्यकतालाई ध्यानमा राखेर अनुमति प्रणाली लागू गरिएको उनले बताए।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारीका लागि आयोगबाटै अनुमति लिनुपर्नेछ भने अन्य जिल्लामा सम्बन्धित प्रशासन कार्यालयमार्फत स्वीकृति दिइने व्यवस्था गरिएको छ।

Laxmi sunrise bank

निर्वाचनको दिन राजमार्ग प्रयोग गर्ने सवारीको आवागमनलाई समेत व्यवस्थापन गर्ने योजना बनाइएको छ। अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थासम्बद्ध सवारीलाई प्राथमिकता दिइनेछ भने अन्य निजी तथा व्यावसायिक सवारीले पूर्वअनुमति बिना सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ।

यस व्यवस्थामार्फत निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउँदै नेपालमा आउने पर्यटकको यात्रा अनुभवमा अवरोध नआओस् भन्ने सन्देश दिन खोजिएको आयोगको भनाइ छ।

प्रकाशित: Feb 26, 2026| 14:20 बिहीबार, फागुन १४, २०८२
प्रतिक्रिया दिनुहोस्