बुधबार, फागुन १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

 |  बुधबार, फागुन १३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १३, २०८२

काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएका छन्। बुधबार सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले प्रेस ब्रिफिङमार्फत निर्णयहरु सार्वजनिक गरेका हुन्।

National life

जस अन्तरगत सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। यद्यपि सार्वजनिक बिदाका दिनहरू निर्धारण भने भइसकेको छैन।

यसैगरी निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ। बैठकले प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी घाइते भएमा त्यसको खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको हो।

सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार प्रेस ब्रिफिङमार्फत उक्त निर्णय सुनाएका हुन्। त्यस्तै, यस अवधिमा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ।

Laxmi sunrise bank

प्रकाशित: Feb 25, 2026| 15:13 बुधबार, फागुन १३, २०८२
प्रतिक्रिया दिनुहोस्