मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौं ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले सार्वजनिक गरे प्रतिज्ञापत्र

काठमाडौं ४ का कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले सार्वजनिक गरे प्रतिज्ञापत्र

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

काठमाडौं। नेपाली कांग्रेसका तर्फबाट काठमाडौं–४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका सचिन तिमल्सेनाले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।

National life

सोमबार मैतिदेवीमा आयोजित कार्यक्रममा उम्मेदवार तिमल्सेनासहित कांग्रेसका नेता कार्यकर्ताले प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन्। प्रतिज्ञापत्रमा पाँच वर्षभित्र हासिल गर्ने १० वटा मुख्य उपलब्धिलाई कार्य–सम्पादनको मानकका रूपमा प्रस्तुत गरिएको छ।

उम्मेदवार तिमल्सेनाले पहिलो प्रतिज्ञामा सुशासन, दोस्रोमा पुर्वाधार विकास, तेस्रोमा भुमिसुधार र कृषि क्षेत्रको प्रोत्साहन, चौथोमा स्वास्थ्य क्षेत्रको सुधार र पाँचौमाा उद्यमशीलतना र रोजगारी एवम् सूचना प्रविधि विकासको विषयलाई समेटेका छन्।

यस्तै छैटाँमा शिक्षा क्षेत्र सुधार, सातौँमा धार्मिक तथा सांस्कृतिक सम्पदा एवम् स्वच्छ वातावरण जलवायू न्याय र प्राकृतिक स्रोत संरक्षण, आठौँमा समावेशीता लैंगिक समानता र सामाजिक न्यायको प्रत्याभूति, नवौँमा क्षेत्रगत मुद्दा समाधान र दशौँमा काठमाडौ. उपत्न्यका विेशष साझा प्रतिज्ञालाई समेटिएको छ।

बुढानिलकण्ठ र काठमाडौं महानगरपालिकाभित्र रहेका क्षेत्रका लागि स्थानीय मुद्दाका आधारमा दुई वटा प्रतिज्ञापत्र सार्वजनिक गरिएको छ।

Shivam cement

प्रतिज्ञापत्रमा उम्मेदवार तिमल्सेनाले सुशासनका लागि अनावश्यक तजबिजी अधिकार कटौती गर्ने, सरकारी सेवालाई डिजिटल र ‘फेसलेस’ बनाउने र विधिको शासनको प्रवद्र्धन गर्ने प्रतिज्ञा गरेका छन् भने सडक, ट्राफिक व्यवस्थापन, फुटपाथ र वैकल्पिक यातायातको सुधार गर्ने, भूमि सुधार अन्तर्गत, कपन क्षेत्रमा रहेको अव्यवस्थित बसोबासलाई वर्गीकरण गरी समाधान गर्ने योजना पनि समेटेका छन्।

यसैगरी, उम्मेदवार तिमल्सेनाले कृषि क्षेत्रलाई आधुनिक बनाउन भू–उपयोग सम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने, चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने र अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि कानुनी आधार तयार गर्ने प्रतिज्ञा पनि गरेका छन्। यसअघिका तीनवटा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गगनकुमार थापा निर्वाचित हुँदै आएको यो क्षेत्रबाट यसपटक ३३ बर्षीय युवा तिमल्सेना कांग्रेसको उम्मेदवार बनेका छन्।

प्रकाशित: Feb 23, 2026| 18:24 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्