बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • धादिङमा भएको बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओली द्वारा दु:ख व्यक्त

धादिङमा भएको बस दुर्घटनाप्रति एमाले अध्यक्ष ओली द्वारा दु:ख व्यक्त

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा भएको बस दुर्घटना प्रति दुख व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूप्रति श्रद्धाञ्जली दिँदै शोकमा परेका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

‘पोखराबाट काठमाडौंतर्फ गईरहेको यात्रुवाहक बस धादिङको भैंसीगौडास्थित पृथ्बी राजमार्गमा गएराति दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ,’ उनले लेखेका छन्। ‘दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

उनले घाइते भएका सबै यात्रुहरुप्रति स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

प्रकाशित: Feb 23, 2026| 09:08 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्