आइतबार, फागुन १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको घरदैलोमा लक्ष्मी संग्रौला- सुखदु:खमा सहारा बन्ने प्रतिबद्धता

जनताको घरदैलोमा लक्ष्मी संग्रौला- सुखदु:खमा सहारा बन्ने प्रतिबद्धता

 |  आइतबार, फागुन १०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १०, २०८२

झापा। झापा ५ मा राप्रपाबाट उम्मेदवार बनेका एक परिचित व्यक्ति हुन् लक्ष्मीप्रसाद संग्रौला। संग्रौला सामाजिक अभियन्ता हुन्। झापालीहरूले उनलाई एक मानवीय संवेदना भएको व्यक्तिका रुपमा लिने गर्छन्।

National life

संग्रौला राजनीतिक उम्मेदवारका रूपमा मात्र होइन, गरिब निमुखाको उपचार र सहयोगमा अगाडि सर्ने समाजसेवीका रूपमा पनि चर्चा कमाएका छन्। अस्पतालको बिल तिरेर ज्यान जोगाइदिएका स्थानीय बासिन्दाका अनुसार, आर्थिक अभावका कारण उपचार रोकिएका बिरामीहरूलाई उनले व्यक्तिगत पहलमा अस्पताल पुर्‍याउने, औषधि किन्न सहयोग गर्ने र उपचार खर्च व्यवस्थापन गर्ने गरेका छन्। 

मिर्गौला पीडितको उपचार खर्च जुटाइदिनु, आकस्मिक दुर्घटनामा रगत र एम्बुलेन्सको व्यवस्था मिलाइदिनु, उपचार अभावमा छट्पटीएका सुत्केरीहरूलाई उद्दार गर्नु, क्यान्सर र मिर्गौला पीडितको उपचारमा सहयोग गर्नु उनका उदाहरणीय काम हुन्।

राजनीति त पछि हो, पहिले मान्छे बचाउनु पर्छ भन्ने भावना उनीमा रहेको उनका समर्थकहरू बताउँछन्। 'उहाँले प्रचारभन्दा बढी काम गर्नुभएको छ। शिक्षा र विपन्न परिवारमा सहयोग उपचार मात्र होइन, गरिब तथा जेहेन्दार विद्यार्थीको शुल्क तिर्ने, विद्यालय सामग्री वितरण गर्ने र विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने काममा पनि उहाँ संलग्न रहनु भएको छ,' उनले भने।

चुनावी नाराभन्दा बाहिर, मानवीय संवेदनशीलता लाई उनले आफ्नो पहिचान बनाउने प्रयास गरेका छन्। उनी आफैँ पनि जनताको सुखदु:खको सहारा बन्ने प्रतिबद्धता साथ जनताको घरदैलोमा पुग्ने गरेका छन्।

Laxmi sunrise bank

'नेता धेरै देख्यौं, तर बिरामीको ओछ्यानमा पुगेर साथ दिने मान्छे कम देखिन्छन्,' स्थानीय भन्छन्। झापा–५ मा संग्रौलाको नाम केवल राजनीतिक प्रतिस्पर्धामा मात्र होइन, सामाजिक सेवामा पनि जोडिएर चर्चा भइरहेको छ।

प्रकाशित: Feb 22, 2026| 14:21 आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्