आइतबार, फागुन १०, २०८२

घरदैलोबाट रविद्र मिश्रको उद्घोष : यस पटक जसरी पनि जित्छु

 |  आइतबार, फागुन १०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १०, २०८२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्। आइतबार उनले मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्दै घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन्।

National life

घरदैलो कार्यक्रमको क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले मतदाताहरुको प्रतिक्रिया सकरात्मक आइरहेको बताए।

विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, अन्य पार्टीका कार्यकर्ता तथा नेताले समेत आफ्नो कार्यक्रमहरु आयोजना गरिरहेको उनले जानकारी दिए।

उनले भने,‘यस पटक मतदाताहरुको प्रतिक्रिया एकदमै सकरात्मक छ। हुन त हरेक पार्टीकाउम्मेदवारहरुले यही भन्नुहुन्छ होला, तर यो पटक विगतमा अन्य पार्टीमा भोट हालेका मतदाता, पार्टीका कार्यकर्ता तथा नेताले समेत मेरो कार्यक्रमहरु आयोजना गरिदिनु भएको छ।’

उनले इमानदारी र सक्षमतालाई पूरानो राजनीतिले गाँजेर अपहरण गरेर राखेको बताउँदै त्यसबाट मतदाताहरु फुस्कने प्रयास गरिरहेको बताए।

Laxmi sunrise bank

प्रकाशित: Feb 22, 2026| 13:36 आइतबार, फागुन १०, २०८२
प्रतिक्रिया दिनुहोस्